दफा २९
गरीबी निवारण कार्यक्रमको समन्वय तथा अनुगमन
– (१) यस ऐनबमोजिम कोषलेगरीबी निवारण कार्यक्रम सञ्चालन गर्दा, गराउँदा स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठन भएका स्थानीय तहहरुसँग समन्वय राखी त्यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सञ्चालन भएका गरीबी निवारण कार्यक्रमको अनुगमन कोष आपले र सम्बन्धित स्थानीय तहले गर्न, गराउन सक्नेछ ।